Logo

दुई वर्षमा धेरै काम भएका छन्– प्रधामन्त्री ओली



Spread the love

काठमाडाैं । शनिबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षे कार्यकालमा भएका कामहरूबारेमा बाेल्दै धेरै उपलब्धि हासिल गरेकाे बताएका छन् ।

ओलीले भने,“ दुई वर्षमा अनेकन कामहरु भइरहेका छन् । सरकारले काम गरेन, गफ मात्र गर्यो भन्ने सुन्दा म अचम्म परेकाे छु । ”

कानून बनेकाे, बेराेजगारी घटेकाे, युवाले जागिर पाएकाे बताउँदै देश समृद्धितर्फ ढल्किएकाे बताएका छन् ।

सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरेको पनि बताएका छन् । यसैगरी सडक कालोपत्रेलाई प्राथमिकतामा राखिएको जनाएका छन् । सरकार बनेपछि तीन हजार ६ सय किमी सडक कालोपत्रे भइसकेको कुरा पनि जनाएका छन् ।

सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको दाबी छ । चालु आर्थिक बर्ष लागि सकेपछि पनि ४१ पुल बनिसकेको ओलीले बताएका छन् ।

यसैगरी तुइनको बारेमा प्रधानमन्त्री ओलीले देश तुइनमुक्त भएको र अहिले जम्मा डेढ दर्जन पनि बाँकी नरहेको अनि ती तुइन हटाइ पुल निर्माण भएको बताए ।
प्रधानमन्त्री ओलीले सरकार दुई वर्षसम्म टिक्नुलाई पनि उपलब्धिको रुपमा लिनुपर्ने औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्