खासगरी विद्यालयमा पढ्न गएका बालबालिकामाथि शारीरिक मात्र होइन, मानसिक यातना पनि दिइरहेका हुन्छन् । यस्ता यातना न बाहिर देखिन्छन्, न त बालबच्चाले खुलेर त्यसको विरोध गर्न सक्छन् । तर, त्यस्ता यातानाले उनीहरुलाई भित्रभित्रै पिडा दिईरहेको हुन्छ । यस्तो यातना जो कोहिले पनि दिन सक्छन् । विद्यालयमा हुने बुलिङको रूपमा विद्यालय परिसरमा हुने बुलिङलाई लिइन्छ । त्यसमा एकले अर्कोलाई गर्ने बुलिङ, ठूलाले साना बच्चालाई गर्ने बुलिङ, शिक्षकले गर्ने बुलिङ र शिक्षकमाथि हुने बुलिङ आदि सबै पर्छन् ।
कसरी हुन्छ बुलिङ ?
भौतिक बुलिङमा शारीरिक दूर्व्यवहार, सजाय दिने, धकेल्ने, पिट्ने, थुक्ने झगडा गर्नेजस्ता कार्यहरू पर्छन् । साथै शारीरिक हानि गर्ने किसिमका धम्की दिने र जबरजस्ती केही कार्यहरू पनि यसैमा पर्छन् । भावनात्मक बुलिङमा कसैलाई होच्याउने, कसैलाई नराम्रो नाम राखेर बोलाउने, नराम्रो प्रतिक्रिया दिने, जिस्क्याउने, गालीगलौज गर्ने आदि कुरा पर्छन् । यसमा पीडितलाई बहिष्कार गर्ने प्रयास पनि पर्छ । जस्तै : एक्लै छोडिदिने वा वास्ता नगर्ने आदि । भावनात्मक रूपमा गरिने बुलिङमा कसैको सामान लुकाइदिने वा अर्कै ठाउँमा राखिदिने कामहरू पनि हुन्छन् । भावनात्मक बुलिङ प्रत्यक्ष रूपमा वा साइबर बुलिङको माध्यमले पनि हुनसक्छ ।
विद्यालयमा हुने बुलिङको लक्षित समूह
शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूमाथि हुने बुलिङको पनि लक्षित समूह हुन्छ ।
रंगभेदी बुलिङमा कुनै विशेष वर्णको वा संस्कृतिको मानिसलाई लक्षित गरिएको हुन्छ ।
धार्मिक बुलिङले विशेष धार्मिक मान्यता भएका मानिसहरूलाई लक्षित गरेको हुन्छ ।
बुलिङबाट पीडितहरूमा विभिन्न प्रकारका समस्याहरू देखिन्छन् :
-आत्मसम्मानको कमी
-अरूलाई विश्वास गर्न गाह्रो हुने
-आत्मविश्वासको कमी
-चाँडो रिसाउने
-रिस नियन्त्रण गर्ने
-एक्लै बस्ने