एजेन्सी । चीनमा कोरोना भाइरसको कारण आइतबार ९७ जनाको मृत्यु भएको थियो । तर मंगलबार भने १०८ जनाको मृत्यु भएको चीनले बताएको छ । आजसम्म चीनमा १०१६ जनाको मृत्यु भइसकेको छ ।
फेब्रुअरी दशको दिन २,४७८ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । अगिल्लो दिन ३,०६२ जना संक्रमित भएका देखिएका थिए । आजसम्म चीनमा ४२,६३८ जना संक्रमित भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
विश्वका विभिन्न २४ देशमा कोरोनाबाट संक्रमित भएका मानिसहरुको सङ्ख्या ३१९ रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
अमेरिकामा पनि १३ जनामा कोरोना भाइरसले संक्रमित भएको पाइएको छ । हङकङमा चार जना मानिसमा कोरोना संक्रमित भएका छन् ।
भियतनामको स्वास्थ्य मन्त्रालयले मंगलबार १५ जनामा संक्रमण भएको दाबी गरेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वभरीमा कोरोना भाइरसको निदान गर्नको लागि जम्मा १६८ वटा ल्याब भएको बताएको छ ।