Logo

नेपालद्धारा अमेरिका ३५ रनले पराजित



Spread the love


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो पटक जित हासिल गरेको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरी पहिलाे पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सफल भयाे ।


नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पच्छाइरहेको अमेरिका ४४.१ ओभरमै अलआउट भई १५५ रनमा सीमित भयो ।


अमेरिकाका लागि इयान होलाण्डले ७५ रन बनाए । यसैगरी क्यामरुन स्टेभेनसन र कारिमा गोरेले क्रमश,१९ र १९ रन बनाए ।


नेपालका करण केसी र सुशन भारीले भने ३/३  विकेट लिए । सन्दिप लामिछानेले २ विकेट लिँदा कुशल मल्ले १ विकेट लिए ।


यस अगि टस हारेर ब्याटिङ्ग गरेको नेपालले ४९.२ ओभरमा १९० रन बनाएको थियो ।

नेपालका लागि डेब्यू खेलाडी कुशल मल्लले अर्धशतक बनाए । मल्लले ५१ बलमा तीन छक्का र ४ चौका प्रहार गरे । डेब्यू खेलमा मल्लले इतिहास कोरेका छन् । उनी कम उमेरमा एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

विनोद भण्डारीले ६२ बलमा १ छक्का र ५ चौकासहित ५१ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा विनोदको यो पहिलो अर्धशतक हो । यसैगरी उनी अन्तरराष्ट्रिय अर्धशतक बनाउने नेपालका आठौँ खेलाडी हुन् ।

आजको जितसँगै नेपालले लिगमा २ खेलमा २ अंक जोड्न सफल भएको छ ।

अब नेपालले आइतबार ओमनसँग प्रतिष्पर्धा गर्नेछ । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्