काठमाडौं । कीर्तिपुरको टीयु क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिगमा टस हारेर ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको छ ।
नेपालका लागि डेब्यू खेलाडी कुशल मल्लले अर्धशतक बनाए । मल्लले ५१ बलमा तीन छक्का र ४ चौका प्रहार गरे । डेब्यू खेलमा मल्लले इतिहास कोरेका छन् । उनी कम उमेरमा एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
विनोद भण्डारीले ६२ बलमा १ छक्का र ५ चौकासहित ५१ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा विनोदको यो पहिलो अर्धशतक हो । यसैगरी उनी अन्तरराष्ट्रिय अर्धशतक बनाउने नेपालका आठौँ खेलाडी हुन् ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले क्रमश, २१ र १९ रन बनाए ।
अमेरिकाका लागि स्टेभेनसनले ३, कप्तान सौरभ नेत्राभाल्करल र रुस्ती थोरेनले २/२ विकेट लिए ।