एजेन्सी । तमिल स्टार विजयले आयकर नतिरेको भन्दै उनको घरमा आयकर विभागले छापा मारेको छ । चलचित्र मास्टरको छायांकनमा व्यस्त रहेका विजय घरमा छापा मारेपछि छायांकन बन्द गरेका छन् ।
आयकर नतिरेको आरोपमा आयकर विभागले तमिलका एक प्रोड्युसर र फाइनान्सरको घरमा पनि छापा मारेको छ । आयकर विभागले ६५ करोड भारु जफत गरिसकेको छ ।
सामाजिक सन्जालमा विजयका समर्थकहरुले उनी चाँडै नै दोषमुक्त हुने बताएका छन् ।
४५ वर्षीय विजयले सन् १९८४ मा भेत्री नामक तमिल चलचित्रबाट करिअरको सुरुवात गरेका थिए तर उनी खास भूमिकामा भने सन् १९९२ को नालाय थीर्पुमा देखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्