एजेन्सी । टलिउडको चलचित्र बेदालमको हिन्दी रिमेक हुने भएको छ ।
बलिउड चलचित्र उद्योगमा गएका केही वर्षयता हिन्दी रिमेकमा चलचित्र बनाइन थालेको छ । गएको वर्ष कबिर सिंहले रिमेकमा बनेका चलचित्रहरुको रेकर्ड तोडेको थियो । त्यसपछि चलचित्र निर्माताहरु हिन्दी रिमेकमा जुर्मराइरहेका छन् ।
कबिर सिंहपछि जर्सी, आरएक्स हन्ड्रेड, लक्ष्मी बम्ब, कैथीजस्ता चलचित्रहरुको हिन्दी रिमेक हुने घोषणा भएको छ । बलिउडका स्टार जोन अब्राहम पनि शाहिद कपुर र अक्षय कुमारको लाइनमा उभिएका छन् ।
मुम्बइ मिररका अनुसार जोन अब्राहम सन् २०१५ मा रिलिज भएको चलचित्र बेदालमको हिन्दी रिमेकमा देखिने छन् । बरुण धवनको दाइ रोहित धवनले चलचित्रको स्क्रिप्टमा काम गरिरहेको स्रोतले बताएको छ । चलचित्रको छायांकन मुम्बइमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्