एजेन्सी। केही समयअघि पेट चर्किनेगरी खाना खानुभएको थियो । यस्तो अवस्थामा भोक लागेको महसुष हुन्छ भने त्यसले शरीरमा केही गडबडी छ भन्ने संकेत गर्छ ।
१. न्यून रक्तचाप
बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ । आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ । जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र, उनीहरुलाई रिस पनि धेरै उठ्छ ।
२. मधुमेह
मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ । मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ । यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ । त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ ।
३. आन्द्रामा किरा
अत्यधिक भोक लाग्नुले कहिले काहीँ आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन् । यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ ।
४. निन्द्रा नपुगेर
शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ । यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ । खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो । आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ ।
५. अत्यधिक तनाव
हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ । मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।
६. थाइराइड
थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ ।
७. पानीको कमी
जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महसुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन् । त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको ।
प्रतिक्रिया दिनुहोस्