एजेन्सी । जनवरी २४ मा रिलिज भएको कंगना रनावत अभिनित चलचित्र पंगाले बक्स अफिसमा अपेक्षित रूपमा कमाइ गर्न सकेको छैन ।
चलचित्र रिलिज भएको सात दिन हुँदा पनि बक्स अफिसमा बल्ल बल्ल २१.३६ करोड बनाउन सफल भएको छ । चलचित्रको अहिलेको अवस्थालाई हेर्दा ३० करोडसम्म कमाउन सक्ने अनुमान देख्न सकिन्छ ।
आश्विनी तिवारीद्धारा निर्देशित चलचित्र पंगामा कंगना रनावत कबड्डी खेलाडीको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रमा कंगनालाई जस्सी गिल, ऋचा चद्धा, नीना गुप्ता, पकंज त्रिपाठीलगायतका कलाकारहरुले साथ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्