एजेन्सी । गएको केही वर्षयता यूरोपका उत्कृष्ट लिगहरुमा युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । अहिलेको सिजनमा सबैभन्दा बढी गोल गर्ने चार युवा खेलाडीको बारेमा यहाँ छोटकरीमा चर्चा गरिएको छ ।
४) मेसुन ग्रिनवुड– म्यानचेस्टर युनाइटेड (१० गोल)
म्यानचेस्टर युनाइटेडका युवा खेलाडी म्यासुन ग्रिनवुड अहिले क्लबको उत्कृष्ट खेलाडीको रुपमा देखिएका छन् । १८ इङ्ल्यान्डका वर्षीय ग्रिनवुडले यो सिजनमा १० गोल गरिसकेका छन् । ग्रिनवुड सन् २०१८ को जुलाइमा युनाइटेडमा अनुबन्ध भएका थिए । उनी युनाइटेड एकेडेमीकै उत्पादन हुन् ।
३) ग्राब्रियल मार्टिनेली– आर्सनल (१० गोल)
मार्टिनेली गएको जुलाइमा आर्सनलमा आबद्ध भएका थिए । १८ वर्षीय ब्राजिलीयन मार्टिनेलीले यो सिजनको २१ खेलमा १० गोल गरिसकेका छन् ।
२) अर्लिङ हालन्ड– बोरुसिया डर्टमन्ड (१३ गोल)
यो सिजनमा अत्याधिक चर्चामा आएका युवा खेलाडी हालन्ड हुन् । अस्ट्रियाको क्लब साल्जबर्गबाट उनी जनवरीमा बोरुसिया डर्टमन्डमा आबद्ध भएका हुन् । १९ वर्षीय हालन्डले यो सिजनमा १३ गोल गरिसकेका छन् । जसमध्ये ५ गोल डर्टमन्डको २ खेलबाट गरेका थिए ।
१) जडेन सान्चो– बोरुसिया डर्टमन्ड (१४ गोल)
इङ्ल्यान्डका प्रतिभाशाली खेलाडी सान्चो सन् २०१७ मा म्यानचेस्टर सिटीबाट डर्टमन्डमा अनुबन्ध भएका थिए । गएको दुई सिजनदेखि नै उनले आफ्नो छाप पारिरहेका छन् र अहिलेको सिजनमा पनि आफ्नो करामत देखाउन छाडेका छैनन् । उनले यो सिजनमा २६ खेलमा १४ गोल गरिसकेका छन् ।