Logo

फर्नान्डेजकाे स्तर लाम्पार्ड र फेलिक्सजस्तै छ– कार्भाहाल



Spread the love


एजेन्सी । स्पोर्टिङ सीपीका पूर्व प्रशिक्षक कार्लोस कार्भाहालले ब्रुनो फर्नान्डेज फ्रान्क लाम्पार्ड र एट्लेटिको मड्रिडका जोओ फेलिक्ससँग तुलना गर्न सकिने बताएका छन् ।

यो सिजनमा म्यानचेस्टर युनाइटेडको मिड फिल्ड कमजोर रहेको छ र प्रशिक्षक सोल्सायरले ब्रुनोले यहीं ठाउँबाट असिस्ट गर्न सक्ने आशा गरेका छन् ।

कार्भाहालले स्पोर्टिङ सीपी सम्हाल्दा ब्रुनो थिएनन् तर पनि उनले फर्नान्डेजको बारेमा केही धारणा राखेका छन् ।
कार्भाहालले टकस्पोर्टसँग कुराकानीमा भने, “उनी निकै उत्कृष्ट छन् । उनी अर्कै ग्रहबाट आएका हुन् । पोर्चुगलको ग्रह उनको लागि धेरै सानो भयो । उनी असाधारण खेलाडी हुन् । ब्रुनो लिगका उत्कृष्ट खेलाडी हुन् र अरु उनीभन्दा कोशौँ टाढा छन् ।”

“उनी पूर्ण खेलाडी हुन् । म उनलाई फ्रान्क लाम्पार्डसँग तुलना गर्छु । जब बेन्फिाकाबाट फेलिक्स एट्लेटिको मड्रिड जाँदा १२६ मिलियन यूरो दियो भने स्पोर्टिङ सीपीका समर्थकहरु भन्ने छन्– ब्रुनोको लागि ५५ मिलियन यूरो कम भयो । ब्रुनो पनि फेलिक्सभन्दा कम छैनन्, ” कार्भाहालले थपे ।

पोर्चुगलका ब्रुनो फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा ५५ मिलियन यूरोमा अनुबन्ध भइसकेका छन् । युनाइटेडसँग साढे पाँच वर्षको लागि सम्झौता गरेका ब्रुनोले यो साता युनाइटेडबाट डेब्यू गर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्