एजेन्सी । विभिन्न प्रकारका सागसब्जीको रंगले त्यसमा रहेको पोषक तत्वलाई दर्शाउँछ भने उत्तिकै स्वास्थ्य-लाभ पनि मिल्छ । जस्तो कि, बजैनी रंगको खानेकुरा ।
बैजनी रंगको खाना केवल देख्दा मात्र सुन्दर र आकर्षक हुने होइन, त्यसले स्वास्थ्यका लागि पनि फाइदाजनक छ । बैजनी रंग एन्थोसियानिन नामक एन्टि-अक्सिटन्डहरुका कारण हुन्छ, जुन एक प्रकारको फाइटोन्यूटि्रएन्ट हो । रोगहरुलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ र एन्टि-एजिङ एजेन्टको रुपमा काम गर्छ । यस प्रकारका छन् बैजनी रंगको खानेकुरा
आलु बखडा
आलु बखडामा क्यालोरी एकदम थोरै हुन्छ, तर त्यसमा भिटामिन ए, सी, के र पोटाशियम र फाइबर पर्याप्त मात्रामा पाइन्छ ।कब्जियतको समस्याबाट ग्रसित हुनु हुन्छ भने आलु बखडालाई सुकाएर सेवन गर्नु पर्छ । यसले तपाईको पाचन प्रणालीलाई ठीक गर्न सहयोग गर्छ ।
भान्टा
भान्टामा पोटाशियम, म्याग्नेशियम, क्याल्शियम, प्रोटीन,आइरन र भिटामिनहरु पर्याप्त मात्रामा पाइन्छ । यसबाहेक यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउनुको साथै वजन कम गर्नुको साथै रगतको कमीबाट पनि राहत प्रदान गर्छ ।
बैजनी बन्दाकोबी
भिटामिन र फ्लेवोनइडले भरिपूर्ण यो तरकारीले शरीर सुनिन्नबाट पनि रोक्छ । पेट सम्बन्धि समस्या र अर्थराइटिस जस्तो समस्याहरुबाट बचाउने काम गर्छ ।
ब्ल्याकबेरी
ब्ल्याकबेरीमा क्यालोरी अति नै थोरै र भिटामिन सी भरपूर मात्रामा हुन्छ, जसलाई तपाइर्ं दिनहुँ एक कचौरा सेवन गर्न सक्नु हुन्छ । भिटामिन के र म्याग्नीसियम भरपूर ब्ल्याकबेरीले स्मरणशक्ति बढाउनुको साथै शरीरको बाहिरी अंगहरुको रक्षा गर्छ ।
चुकन्दर
एन्टि-अक्सिडेन्ट, भिटामिन र मिनरलहरुले भरिपूर्ण चुकन्दर पेट र मुटुको स्वास्थका लागि अति नै फाइदाजनक छ । चुकन्दर बिटेनिनको प्रमुख स्रोत हो,जसले रक्तचापलाई नियन्त्रित गर्नुको साथै मुटु सम्बन्धि रोगहरुबाट बचाउँछ । यसले मुटुलाई स्वास्थ बनाइराख्न सहयोग गर्छ ।