Logo

बिहान उठ्नसाथ यस्ता गल्ती गर्नाले हाम्रो शरीरमा पर्न सक्छ नकारात्मक प्रभाब !



Spread the love

भनिन्छ, बिहानले दिनको संकेत गर्दछ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी लाई बिगारी रहेको हुन्छ । त्यतीमात्र होइन, बिहान गरिने कतिपय गल्तीले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ ।
हत्तपत्त उठेर काममा लाग्नु
दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने ।
स्ट्रेचिङ नगर्नु
सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ ।
ब्रेकफास्ट नगर्नु
बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई आमन्त्रित गर्नु सरह हो । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ ।
आँखा खोल्नसाथ मोबाइल चेक गर्नु
बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ ।
मुस्कुराउनमा कन्जुस्याँई
तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ ।
एक्सरसाइज नगर्नु
धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ ।
उठ्नसाथ शौचालय जान अल्छी माने
कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनकि यसो नगर्दा शरीरमा बिकार फैलन्छ ।

प्रतिक्रिया दिनुहोस्