मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ ।
कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो ।
आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो ।
पोखराको पहिचान मानिने रिसोर्टमा कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्