१३ माघ, काठमाडाैं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राजिनामा दिएका छन् ।
आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सभामुख सापकोटाले प्रेस विज्ञप्तिमा उल्लेख गर्दै नेकपाको सदस्यबाट राजिनामा दिएको जानकारी गराएका छन् ।
सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ,“संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भइ कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु । ”
प्रतिक्रिया दिनुहोस्