एजेन्सी । जनवरी २४ मा बलिउडका दुई चलचित्र रिलिज भए । एक कंगना रनावत अभिनित पंगा अनि बरुण धवन र श्रद्धा कपुर अभिनित चलचित्र स्ट्रीट डान्सर थ्रीडी ।
कबड्डी खेलाडीको रुपमा देखिएकी कंगनाको पंगाले भने बक्स अफिसमा आफ्नो दबदबा कायम गर्न सकेन । आइतबार रिपब्लिक होलिडे अनि स्ट्रीट डान्सर थ्रीडी र तानाजीले गर्दा बक्स अफिसमा जम्मा १४.९१ करोड भारु जम्मा गर्न सक्यो ।
पंगा चलचित्र आश्विनी तिवारीद्धारा निर्देशित चलचित्र हो । उक्त चलचित्रमा कंगनासँगै नीना गुप्ता,ऋचा चड्ढा र जस्सी गिलको प्रमुख अभिनय रहेको छ ।
रेमो डीसुजाद्धारा निर्देशन गरिएको चलचित्र स्ट्रीट डान्सर थ्रीडीले भने बक्स अफिसमा राम्रो पकड राखिरहेको छ । तीन दिनमा स्ट्रीट डान्सर थ्रीडीले बक्स अफिसमा ४१.२३ करोड भारु बनाएको छ । अहिलेको अवस्थालाई हेर्दा चलचित्रले पहिलो सातामा ६५ करोड भारु नाघ्ने अनुमान गर्न सकिन्छ ।