Logo

सेटिन र भाल्भार्डे उस्तै उस्तै– डी योङ



Spread the love

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फ्रांक डी योङले पूर्व प्रशिक्षक अर्नेष्टो भाल्भार्डे र वर्तमान प्रशिक्षक सेटिनबीच केही पनि फरक नभएको बताएका छन् ।

सुपरकोपाको सेमिफाइनलमा एट्लेटिको मड्रिडद्धारा बार्सिलोना ३–२ ले पराजित भएको थियो । उक्त हारपछि प्रशिक्षक भाल्भार्डे क्लबबाट निष्काशित भएका थिए । भाल्भार्डेको ठाउँमा ६१ वर्षीय प्रशिक्षक सेटिन अनुबन्ध भएका थिए । उनले बार्सिलोनासँग ढाई वर्षको लागि सम्झौता गरेका छन् ।

सेटिन आएदेखि बार्सिलोनाले ग्रानाडा र इबिजालाई हराइसकेको छ । तर बार्सिलोनाले दुई खेलमा जम्मा ३ गोल मात्र गर्न सफल भएको छ ।
फ्रांक डी योङ भन्छन्,“ उनीसित भएको उपाय भाल्भार्डेसँग मिल्छ । बार्सिलाेनाकाे पुरानाे शैलीमा खेल भइरहेकाे छ । मलाइ थाहा छ मैले अझै राम्रो गर्न सक्छु र यो पनि विश्वास गर्छु कि हाम्रो टिम यो सिजनमार्फत् झन् सशक्त हुनेछ ।”

“मैले सबै ट्रफीहरु जित्न चाहन्छु तर एउटा मात्र छान्न पर्यो भने च्याम्पियन्स लिग छान्नेछु । यद्यपि म ला लिगा र कोपा डेल रे पनि चाहन्छु,” डी योङले थपे ।

२२ वर्षीय डी योङ नेदरल्यान्डका खेलाडी हुन् । सन् २०१९ को जनवरीमा उनी बार्सिलोनामा अनुबन्ध भएपनि अगस्टबाट उनी बार्सिलोनाका लागि खेलेका थिए । उनले अयाक्सलाई लिग जिताउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्