एजेन्सी । अजय देवगण र सैफ अली खान अभिनित चलचित्र तानाजी हलमा लागेको दुई साता बितिसकेको छ । यहीं सातामा तानाजीले बक्स अफिसमा ७७ करोड बनायो । आजसम्मको हिसाब गर्दा तानाजीले १९७ करोड भारु कमाइसकेको छ ।
आज स्ट्रीट डान्सर थ्रीडी र पंगा रिलिज हुँदैछन् । यी दुबै चलचित्रले तानाजीलाई चुनौती दिनसक्छन् ।
तानाजीमा काजोल अजय देवगणकी पत्नीको रुपमा देखा परेकी छिन् भने सैफ अली खान खलनायकको भुमिकामा रहेका छन् । यसैगरी चलचित्रमा नेहा शर्मा, शरद केलकर र जगपति लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशक ओम राउत हुन् ।
५० वर्षीय स्टार देवगण भन्छन्, “स्टारडमको युग सामाजिक सन्जालले मेटिदिएको छ र कलाकारहरु जस जसले आफ्नो जीवनको बारेमा सूचनाहरु सेयर गरेका छन् तिनीहरुले पनि स्टारडमको युग मेटेका छन् । पहिला हामीले अनुमान गर्न सक्छौँ कि मानिसहरु कसरी बाँच्दथे, के गर्दथे तर अहिले मानिसहरु सोंच्छन् कि स्टारहरु उनीहरुजस्तै छन् ।”
“म खासै सामाजिक सन्जालमा सक्रिय छैन । मलाइ लाग्छ कि कलाकार काममा बढि ध्यान दिनुपर्छ नकि सामाजिक सन्जालमा । जहाँ म जान्छु, त्यहाँ मैले सम्मान पाउँछु । यस कुराले आफूलाई निकै आनन्द दिन्छ । मैले सधैँ आफ्नो काम गरेको छु,” देवगणले थपे ।
तानाजी देवगणको सयौँ चलचित्र हो । उनले सन् १९९१ को फूल और काँटे चलचित्रबाट डेब्यू गरेका थिए । चलचित्र रेनकोटको बारेमा देवगण बताउँछन्,“त्यो समयमा रेनकोटजस्तो चलचित्र कसैले पनि बनाउँदैनथ्यो । मैले केही फरक गर्न खोजेँ । मलाइ चलचित्र चल्ला कि नचल्ला भन्ने बारेमा कुनै डर थिएन । मलाइ धेरै मानिसहरुले यस्तो खालको चलचित्र नबना भनेका थिए तर आजकल सबैजना त्यस्तै खालका चलचित्रहरु बनाउँछन् ।