एजेन्सी । ज्याकी श्राफ र टाइगर श्राफ सँगै चलचित्रमा देखिने भएका छन् । यस चलचित्र मार्फत् दुबैजना पहिलाेपटक चलचित्रमा देखिनेछन् ।
बाघी–३ मा ज्याकी श्राफ टाइगर श्राफको पिताको भूमिकामा अभिनय गर्नेछन् । चलचित्रमा रितेश देशमुख टाइगर श्राफको दाजुको भूमिकामा छन् ।
निर्माता सजिद नाडियाडवाला भने,“टाइगर श्राफले बलिउडमा पाइला हालेदेखि सबैजना बाउछोरा सँगै फिल्ममा देखिन खोजिरहेका थिए तर गएको ६ वर्षसम्म कसैले ल्याउन सकेनन् ।”
प्रस्तुत चलतित्रमा ज्याकी श्राफ इन्स्पेक्टरको भूमिकामा देखिने छन् । सजिद नाडियाडवाला यस चलचित्रबाट कोही पनि दुखी हुन नपर्ने कुरा पनि जनाएका छन् ।
बाघी–३ का निर्देशक अहमद खान हुन् । यस चलचित्रमा श्रद्धा कपुर, अंकिता लोखन्डे, चंकी पाण्डे र आयुतोश राणाको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्