अध्ययन गर्न उमेर बाधक हुँदैन ।
ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा ।
१९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ ।
हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् ।
विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे पनि उनको अध्ययनप्रतिको लगाव यथावतै थियो ।
अध्ययनलाई निरन्तरता दिने चाहनाकै बीच २०४० सालमा १९ बर्षको उमेरमा ईन्जिनियर विजय सुब्बासंग बिहे भयो ।
बिहेपछि परिवारिक जिम्मेवारी र सन्तानको स्याहारसुराका कारण उनको पढाई छुट्यो भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्