Logo

चायाँबाट छुटकारा पाउने घरेलु उपाय : प्रयोगमा ल्याउनुहोस् बिरे नुन



Spread the love

जे गर्दा पनि चाँया नगएर धेरैजना पीडित हुने गर्छन् । अझ जाडो मौसममा चाँया पर्नु त सामान्य नै हुन्छ । टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामा समेत देखिन थाल्छ । जसले गर्दा मानिसहरु निकै तनाबमा आउँछन् । बजारमा पाइने थुप्रै औषधिहरुले चाँया हटाउने ग्यारेन्टी लिए पनि पटक पटक यो समस्या दोहोरिरहने भएकाले यसको लागि यसप्रकारको घरेलु उपाय अपनाउनुहोस्:

हामीले नियमित प्रयोग गर्ने स्याम्पुसँगै अलिकति नुन मिसाएर टाउकोमा लगाउँनुपर्छ । नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ । नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ । यसले विस्तारै चाँया कम गर्दै लैजान्छ ।

जाडो र गर्मी दुवै मौसममा चाँयाको समस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ । कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुने । यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया क्रमशः कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्