आमरण अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज सहमति भएको छ ।
स्वास्थ्य शिक्षा विकृति हटाउनु पर्ने र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मुख्य मागसहित डा. के.सी. १५ दिन देखी आमरण अनसनरत छन् ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने विषय संसदमा प्रवेश गरिसकेकाले यस विषयमा डा. केसीका प्रतिनिधिहरु केही लचिलो बनेका छन् ।
डा. केसीले आमरण अनसन भोली(सोमबार) तोड्दै छन् ।
सहमतीपत्रमा अनशनरत डा. केसी र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच भएको सहमति पत्र
प्रतिक्रिया दिनुहोस्