Logo

कविता



kewal binabi

 

 

 

 

 

 

 

फिँजाएर फलेकभरी

डिका कैंची चक र इन्चिटेप
लिएर एक मुटुरो कपडा
बा घोत्ली रहनु हुन्थ्यो
आकार बिहिना आकृती हरुमा

म सोच्थें
सायदा बा इन्जिनिय र हुन ।

ढल्कँदै जाँदा बालापन्
म सोध्ने गर्थें
बा
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत्
खित्का छाडी छाडी
हाँस्छन साथिहरु ?

किन अक्षर हरुको बर्णमालामा
द- वर्णमै दब्ने गर्छन
अनायासै मेरा स्वारहरु ?

किन मेरै उमेरको काजीको छोरा
तिमी भनेर
बोलाउँछ तपाइँलाई ?

र किन मलाई देखेर
साइत परेको भन्छन्
ऊ माथिल्लो गाउँका बिस्टिनिहरु ?
म सोध्ने गर्थें बालाई ।

बग्दै जाँदा जिवनको नदी
खुम्चिए पछि
आफ्नै मनको आकाश
मन्साएर देउरालिमा ढुङ्गो
फालेको हुँ आफ्नै बस्तितिर्
र पसेकोहुँ यो अन्जान शहर
बस एक अघोषित अनागरिक ।

तर बर्षौ पस्चात आज
खुब याद आइरहेछ बा को
र उभिएको छु
त्यही कठघरामा

प्रश्न सोधी रहिछिन
अबोध छोरी
बाबा
किन सियो खै सियो
कविता पढ्दै गर्दा
पुलुक्क मैतिर हेर्छन साथिहरु ?

बाबा
किन तुलसिको मठ छेउ खेल्दै गर्दा
बेस्सरी रिसाउँछन्
घरबेटी बा र आमाहरु ?

किन यिनिहरु त त्यस्तो देखिन्नन
भन्ने गर्छन्
वल्लो पल्लो कोठाका अन्टिहरु ?
किन प्राय मलाईनै भुल्ने गर्छन्
जन्मदिमा मेरा साथिहरु ?

म निशब्द नियालिरहेछु
निर्दोष मष्तिस्क हरुमा
चल्दै गरेको रक्तपात
र सोचिरहेछु
यी कलीलाहातहरुमा
राज्य
कलम थमाउँछ या हतियार ?

प्रतिक्रिया दिनुहोस्