ललितपुरमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’को पाँचौ संकरणमा चलचित्र ‘प्रसाद’ उत्कृष्ट ठहरिएको छ । वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफटाईम एचिभमेन्ट अवार्ड २०७६’ बाट सम्मानित भएका छन् भने उत्कृष्ट नायिका तथा नायिका नम्रता श्रेष्ठ र विपिन कार्कीले ‘कामना अवार्ड’ जितेका छन् ।
नीर शाहलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो भने फिल्म ‘प्रसाद’ले आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, निर्देशन र पटकथा समेत गरेर ५ विधामा अवार्ड हात पारेको छ ।
कामना प्रकाशनका अध्यक्ष एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रदान गरे । शाह अभिनेता, निर्माता, निर्देशक तथा गीतकार पनि हुन् ।
अवार्ड विजेताको सूची
उत्कृष्ट फिल्म: प्रसाद
उत्कृष्ट निर्देशक : दिनेश राउत (प्रसाद)
उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद)
उत्कृष्ट अभिनेत्री: नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाईस अवार्ड: स्वस्तिमा खड्का
उत्कृष्ट सह अभिनेता: दयाहाङ राई (साइँली)
उत्कृष्ट सह अभिनेत्री: प्रियंका कार्की (नाईं नभनू ल ५)
उत्कृष्ट डेब्यू नायक: उमेश थापा (बोबी)
उत्कृष्ट डेब्यू नायिका: सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटर: सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन: ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत: न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड: फिल्म ‘हरी’
उत्कृष्ट कथाकार: खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
उत्कृष्ट डेब्यू निर्देशक: छेतेन गुरुङ (डमरुको डण्डीबियो)
उत्कृष्ट खलपात्र: प्रमोद अग्रहरी (कथा काठमाण्डु)
उत्कृष्ट सम्पादक: निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
उत्कृष्ट पटकथा: सुशिल पौडेल (प्रसाद)
उत्कृष्ट संवाद: दीपकराज गिरी (छक्का पञ्जा ३)
उत्कृष्ट हास्यकलाकार: केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट बालकलाकार: सेड्रिना शर्मा (नाईं नभनू ल ५)
उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (छक्का पञ्जा ३)
उत्कृष्ट द्वन्द्व निर्देशक: शुक्रराज शाह (भिलेन)
उत्कृष्ट पाश्र्व संगीत: एलिश कार्की (डमरुको डण्डीबियो)
उत्कृष्ट संगीतकार: बसन्त सापकोटा (नाई नभनु ल ५)
उत्कृष्ट गीतकार: दिनेश थपलिया ( तिम्रो आँखामा (नाईं नभन्नू ल ५)
उत्कृष्ट गायक: हेमन्त राना मगर (साइँली)
उत्कृष्ट गायिका: अञ्जु पन्त ( सँगसँगै –बाँध मायाले)
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (नाईं नभन्नू ल ५)
उत्कृष्ट ध्वनी मिश्रण: सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट श्रृङ्गार : श्याम लामा (चक्कर)
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ
‘पुस्करलाल मिडिया अवार्ड’ : आर. के मानन्धर