भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर
उनले दिएको सन्देशको संक्षिप्त अंश यस प्रकार रहेको छ ।
“देश संघीय शासन व्यवस्थामा प्रवेश गरिसके पछिको सेवाले आफ्नो स्थापना कालदेखि आजसम्म विभिन्न आरोह(अवरोह पार गर्दै आइरहेको छ । नागरिकको सबैभन्दा नजिक रहेर सरल, सहज र प्रभावकारी सेवा प्रवाहमा क्रियाशील रहनु यस सेवामा आबद्ध सबै राष्ट्र सेवक कर्मचारीको परम कर्तव्य हो भन्ने कुरामा सबै निजामती कर्मचारीहरु जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।
देशमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै संघीयता कार्यान्वयनलाई मूर्त रुप दिई “ सिंहदरबारको अधिकार गाउँरनगरमा“ र्पुयाउनु पर्ने सन्दर्भमा निजामती कर्मचारीहरुको भूमिका थप चुनौतीपूर्ण भएको छ । यस चुनौतीको सामना गर्नको लागि हामी सबै मिलेर देश र जनताको सेवामा समर्पित हुनु आवश्यक हुन्छ ।
निजी राष्ट्र सेवकहरुको जिम्मेवारपूर्ण अग्रसरताबाट नै मुलुकको परिवर्तित राजनीतिक व्यवस्थाको मर्म अनुरुप नागरिकले आफ्नो घरदैलोमा नै सहज, सरल र झन्झटमुक्त सेवा पाउनुका साथै त्यसबाट समग्र निजामती सेवाको ख्यातिमा समेत बृद्धि हुने मेरो विश्वास रहेको छ । निजामती सेवा दिवस, २०७४ ले सम्पूर्ण निजामती राष्ट्रसेवक कर्मचारीहरुको उत्प्रेरणा, उत्साह एवं राष्ट्र र जनताप्रतिको समर्पणभावमा बृद्धि हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।।”