१४ पुस, इनरुवा। आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ । निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताएका छन् ।
ती महिलाको आरोप पछि प्रहरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्