धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती ।
अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने ।
बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको ।
ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ ।
गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्