Logo

भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन



Spread the love

२ मंसिर, काठमाडाैँ –  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्छ भने ।

पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिए ।
पोखरा म्याराथनको १४ औँ संस्करण सम्बन्धमा उहाँलाई जानकारी दिइएको थियो । मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४ औँ संस्करणको पोखरा म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिए ।

उनका अनुसार प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्