Logo

काठमाडौँको चन्द्रागिरिमा पर्‍यो हिउँ



Spread the love

२७ मंसिर, काठमाडौं । शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ। बुधबार साँझदेखि देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पानी पर्नुका साथै चन्द्रागिरिमा हिउँ समेत परेको हो। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।

देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। उनका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ।

प्रतिक्रिया दिनुहोस्