२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।
७३औं मिनेटको खेल चलिरहँदा नेपालले माल्दिभ्सविरुद्ध २-१ गोलको अग्रता लिएको छ । नेपालका लागि अभिषेक रिजाल र अनन्त तामाङले गाेल गरे ।
पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै अग्रता दिलाएका थिए । तर ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काए । खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्