काठमाडौं- रुखबाट लडेर सख्त घाईते भएका सल्यान शारदा नगरपालिका -५ रानिकोटका राजकुमार बि.क जीवन र मरणको दोषाधमा बाचिरहेका छन ।
रुखबाट लडेपछी दुबै खुट्टा भाचिएको हो । उपचारका लागि कोहलपुर मेडिकल कलेज बाकेमा गएका बिकको त्यहा उपचार सम्भब नभएपछि काठमाडौं रिफर गरिएको हो । काठमाडौंमा रहेको शिक्षण अस्पतालको अर्थो वार्ड, बेड न°. ५३ मा रहेका राजकुमार उपचार गर्न आर्थिक अभाव भएपछी बेडबाटै आफुलाई बचाईदिन अनुरोध गरेका छन। परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले भाईको उपचारमा कठिनाई भएको मलिन मुद्रा रहेका दाइ टेकबहादुर बिकले बताए।
आफुसङ्ग अस्पतालमा तिर्ने पैसा नभएपछि फर्काएर लैजान पर्ने अबस्था आएको र बिरामीले आफुलाई बाच्ने इच्छा भएकाले घर नजाने भन्दै आफ्नो उपचारमा सहयोग गर्दिन चीत्कार गरे।
डाक्टरका अनुसार बिरामिको दुबै खुट्टामा रड र कम्मरमा पाता राख्नु पर्ने भएको छ।
शरीरबाट धेरै रगत बगेपछी रगत अभाव भएको र अहिले सम्म प्राप्त मात्रमा रगत नभएपछि अवस्था झन जटिल बन्दै गएको हो ।
बिरामीको अवस्था चिन्ताजनक भएपछी सल्यानी युवा संजालले गरिब परिवारका बिरामिको उपचारमा सहयोग गर्न सबैमा अपिल गरेको छ ।