सरोकारवाला निकायलाई नि:शुल्क भिसा र टिकट अनुसार ने कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ ।
कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।
विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्रि एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्