Logo

कविता



साउन ,७

डिल्ली रोकाय
dilli rokaya

म तिम्राे नजरमा तुच्छ मान्छे,
म तिम्राे चाहनाकाे प्रतिकुल मान्छे ।।
म तिम्राे सुख हरण गर्ने मान्छे,
म तिम्राे लागि झन्झटिलो मान्छे ।।

तर त्यहि मान्छे म,
कसैकाे लागि सहारा भएकाे छु,
कसैकाे बाँच्ने अाधार भएकाे छु ।।
कसैकाे भविष्य बनाउने माध्याम भएकाे छु,
कसैकाे मुटुकाे धडकन बनेकाे छु ।।

फेरि किना मलाई,
विश्वास गर्दा घात गर्छाै ,
अाश्रय खाेज्दा लात मार्छाै ।।
लम्कना खाेज्दा खुट्टा तान्छाै ,
बसेकाे देख्दा खिल्ली उडाउछाै ।।

अझै पनि,
एक्लै हिडदा दाेबेर बस्छाै ,
साथमा रहदा उठना दिदैनाै ।।
हात दिंदा कुहिनाे निल्छाै ।।
अाफै हर्ताकर्ता कहलिएर मलाई सँधै अाेझेलमा पार्छाै।।

तर खै,
कति सम्म चल्ने हाे तिम्राे याे खाेक्रे रंगमञ्च ,
कति सम्म टिक्ने हाे,मिथ्या ढाकछाेप ।।
कहिले सम्म बुनिने हुन तिम्रा जालि तानाबाना,
कहिले सम्म पूरा हुने हुन खै तिम्रा एक्लै खाने चहाना ।।

प्रतिक्रिया दिनुहोस्