सडक दुर्घटनाबाट ज्यान गुमाएका तथा घाइतेहरुको सम्झनास्वरुप हरेक वर्षको नोभेम्बर महिनाको तेस्रो आइतबार विश्वभर एकसाथ मनाउँदै आइरहेको ‘विश्व सम्झना दिवस’को अवसर पारेर सुरक्षित तथा दिगो यात्रा नेपाल (एसएसटिएन) को आयोजना तथा इटहरी उपमहानगरपालिका, नेपाल इन्जिनियर्स एसोसियसन र क्षेत्रीय प्रहरी निर्देशनालयको सहकार्यमा आज इटहरीमा एक र्याली सम्पन्न गरिएको छ । र्यालीमा सजोन आवासीय माविका विद्यार्थीहरू पनि सहभागी भएका थिए ।
कार्यक्रमको निरन्तरता स्वरुप आज साँझ दीप प्रज्वलन पनि हुने बताइएको छ ।
हेर्नुहोस् फोटो फिचर:
प्रतिक्रिया दिनुहोस्