Logo

रिलिजपूर्व ३२० करोड कमाएको रजनी कान्तको फिल्म कबालीका केही रोचक तथ्य



Spread the love

रजनीकान्तको नयाँ फिल्म ‘कबाली’ शुक्रबार संसारभरीको ३ हजार ९ सय स्क्रिनमा रिलिज गरिएको छ । यो फिल्मको चर्चा यति धेरै रहेको छ कि चेन्नईको एक फिल्म हलले बिहान ४ बजे फिल्म देखाएको छ भने धेरै दिन पहिलेदेखि टिकट बुकिङ भएपनि मानिसहरु टिकट पाइने आशामा आधा रातदेखि फिल्म हलमा लाइन लागेका थिए । राती १२ बजेदेखि नै मानिसहरु फिल्म हलको वरिपरि जम्मा भएका थिए । यस्तैमा भारतको अर्को राज्य तामिलनाडुमा यो फिल्मको लागि आइतबारसम्मको लागि सबै टिकट बुक भइसकेको छ । मानिसहरु ट्वीटरमा टिकट एक्सचेन्ज गरिरहेका छन् ।

२५६ करोड रुपैयाँमा बनेको यो फिल्मले रिलिजपूर्व नै ३२० करोड कमाइसकेको छ ।

– चेन्नईको कासी थिएटरले बिहान ४ बजेको शो राखेको छ । यो फिल्म यति चर्चित भयो कि केही घण्टाको लागि ट्रेन्ड नै भयो ।
– केही मानिसहरुले टिकट नपाउँदा कासी थिएटरमा फिल्मको पोष्टर नै च्यातिदिएका छन् । फिल्म निर्माताहरुले हल मालिकका साथ मिलेर सबै टिकट केही कम्पनीलाई बेचेको टिकट नपाउनेहरुले आरोप लगाएका छन् ।
– जसले टिकट पाए उनीहरुले भित्र फिल्म सुरु हुनुभन्दा पहिले नाचगान गरे ।
– मुम्बईमा पनि कबालीका लागि मानिसहरुको यस्तै भीड देखिएको छ । बिहान ६ बजेको शो हाउसफुल भएको छ । जसले टिकट पाएनन् उनीहरुले मुम्बईमा पनि तोडफोड गरेका छन् ।
– फिल्ममा रजनीकान्तले एक ग्याङ्गस्टरको रोल निभाएका छन् । पीए रञ्जीतको डाइरेक्सनमा बनेको यो फिल्ममा राधिका आप्टे पनि छिन् ।

बढी मूल्यमा बिक्यो टिकटः

– ६५ वर्षका राजनीकान्तको फिल्मको एडभान्स बुकिङ सुरु भएपछि धेरैजसो शो को सबै टिकट बिक्रि भयो ।
– इन्टरनेशनल बिजनेस टाइम्स रिपोर्टका अनुसार केही हलले फिल्मको एक टिकट ५ सयदेखि ६ सयसम्म बिक्रि गरेको छ ।
– अमेरिकको ४०० हलमा पनि फिल्मको तामिल र तेलुगु भर्सनलाई रिलिज भयो । त्यहाँ पछिल्लो तीन हप्तादेखि बुकिङ भइरहेको छ ।
– फिल्मका निर्माता कलाइपुली थानुका अनुसार ‘कबाली’ का लागि ४ सय स्क्रिन केवल अमेरिकामा हुनेछ ।
– यो फिल्म तमिल, तेलुगु, हिन्दी, मलेसियाली, चीनियाँ र थाई भाषामा डब गरिएको छ ।

कम्पनीले दियो आज छुट्टीः

– थुप्रै कम्पनीले बाध्यतावस कबालीको रिलिजको दिन छुट्टी दिएको छ ।
– बेंगलुरुको ओपस वाटरप्रुफिङ र चेन्नइको फिन्डस इन्डिया प्रा.लि ले नोटिस जारी गरेर २२ जुलाईका दिन आफ्ना सबै कर्मचारीलाई बिदा दिएको छ ।

फिल्मले रिलिजपूर्व कमायो ३२० करोड भन्दा बढी कमायोः

– कबालीलले रिलिजभन्दा पहिले नै सेटेलाइट र डिष्ट्रिब्यूसन राइट्स बेचेर ३२० करोड रुपैयाँ भन्दा बढि कमाइसकेको छ । जबकी फिल्म २५६ करोडमा बनेको हो ।
– फिल्मले ओभरसिज राइट्सबाट ३० करोड, ल्याङ्वेज राइट्सबाट ३० करोड, केरेला र कर्नाटक राइट्सबाट ६५ करोड कमाएको छ । बाँकी कमाई भिन्न भिन्न स्रोतबाट भएको हो ।

*दैनिक भास्करबाट अनुवादीत

प्रतिक्रिया दिनुहोस्