Logo

आधुनिकताको सिको गरि च्यातिएको लुगा लगाउँदा भविष्य कमजोर हुने!



Spread the love

आधुनिकताको सिको गर्दै अहिले नेपालमा समेत च्यातिएका, कोतरिएका, टालेका लुगा लगाउने चलन बढेर आएको देख्न सकिन्छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर बनाउने गरिएको छ ।

हिन्दु धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र गरेको कामहरूमा प्रगतिसमेत हुदैन ।च्यातिएको वस्त्र लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा बाधा उत्पन्न हुन्छ । मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको बताउँदै च्यातिएका कपडा लगाउने मानिसहरूको भविष्य कमजोर हुनेछ ।

साथै छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीत लिंगीहरूको आकर्षण बढ्ने हुँदा यसकारणले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा च्यातिएका लुगाहरू लगाउन नहुने उनी बताउँछन् । टुटेफुटेका भाँडाहरू घरमा राखेमा अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुन्छ ।

च्यातिएको कपडा लगाउने व्यक्तिलाई वैभव प्राप्त नहुने हुँदा जति कमाए पनि सधै नोक्सान हुने गर्छ । कपडा भनेको सम्मान र इज्जतको प्रतीक हुने हुँदा च्यातिएका कपडालाई पूजापाठमा समेत प्रयोग गर्न नमिल्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्