प्रदेश नम्बर पाँचको प्रहरी मुख्यालय स्थापनाका सम्बन्धमा दुई सरकारी निकायबीच जग्गा विवाद सुरु भएको छ ।
प्रहरी र कृषि विकास बैंकबीच जग्गा विषयमा विबाद सुरु भएको हो ।
सकारले प्रदेश नम्बर ५ को प्रहरी एआईजी कार्यालय दाङमा स्थापना गर्ने निर्णय गरे बमोजिम एआईजीको कार्यालय कृषि विकास बैंकको तुलसीपुरस्थित १५ कठ्ठा खाली जग्गा उपभोग गर्ने तयारी भएको छ ।
तर बैंकले प्रशासनको यो तयारीप्रति असहमति जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्