छत्रेश्वरी, सल्यान– छत्रेश्वरी गाउँपालिकामा शैक्षिक सुधार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न विधालयका प्राचार्यहरुको भेला आयोजना गरी अाधुनिक र वैज्ञानिक शिक्षा कसरी विधालय स्तरमा लागु गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको थियो ।
शिक्षामा सबैको पहुँच अभिवृद्धि गरी गाँउपालिका अन्तर्गतका विभिन्न विधालयहरुमा समान र गुणस्तरीय शिक्षामा जोड दिन गाउँपालिका अध्यक्ष सन्तोष केसीले विभिन्न विधालयका प्राचार्यहरुलाई निर्देशन पनि दिनुभएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालित शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाऊपालिका प्रमुखको अध्यक्षतामा उपप्रमुख, कार्यकारी अधिकृत सबै ७ वटै वडा अध्यक्षहरु, विद्यालय निरिक्षक, दुईजना श्रोत व्यक्ति र ४० वटै विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा बोल्ने वक्ताहरुले “शिक्षा नै परिवर्तनको माध्यम” भएकाले यसलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो। यसले चेतनाको बिकास गरी गाउँपालिकाको सम्रिद्धिमा सहयोग पुर्याउने पनि सहभागीहरुले विश्वास व्य्क्त गरे। गाँउपालिकाको शैक्षिक सुधारका लागी सवैले अा-अाफ्नो ठाउँबाट पहल थालनुपर्ने कुरामा जोड दिएका थिए। छत्रेश्वरी गाँउपालिका अन्तर्गत प्रावि, निमावि र मावि गरी ४० वटा विद्यालयहरु रहेका छन् ।