Logo

‘काङ्ग्रेस बलियो शक्ति बन्ने जिकिर’



Spread the love

१७ कार्तिक, काठमाडाैँ – नेपाली काङ्ग्रेसकी नेतृ सुजता कोइरालाले काङ्ग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छिन् । पत्रकारसँग आज कुराकानी गर्दै उनले काङ्ग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गरिन् । उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक ठाउँमा हुने गरेको बताइन् ।

काङ्ग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् । निर्वाचनपछि काङ्ग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, “जुन अवस्थामा काङ्ग्रेस थियो, त्यही अवस्थामा काङ्ग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्