Logo

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु



Spread the love

१६ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

उक्त बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्