काठमाडौँ, कात्तिक १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त नेपाली क्रिकेट टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।
आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे। मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस्