Logo

अनाथ बालबालिकालाई लुगा वितरण



Spread the love

११ कार्तिक, कञ्चनपुर – ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गरेका छन् ।
दशैँ–तिहारको अवसरमा उनले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरेका हुन् ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीले हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेका छोरा दिपेशले बेसहारा बालबालिकालाई सहयोग गर्न खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्