Logo

विराटनगर टाइटन्सद्वारा क्याट क्विन्स काठमाडौंसामु ६९ रनको सामान्य लक्ष्य प्रस्तुत



Spread the love

५ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको विराटनगर टाइटन्स १७. ३ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमै समेटियो ।

विराटनगरका लागि सोनु खड्काले २५ बलको सामना गर्दै सर्बाधिक ३४ रन बनाइन् । ज्योति पाण्डेले १२, आरती विडारीले ११ रनको योगदान दिँदा लक्ष्मी चौधरी र सरिता मगरले ३–३ रन मात्र जोडे ।

कप्तान रुविना क्षेत्री बेलवासीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिइन् । इश्वरी विष्ट, लक्ष्मी साउद र संगिता राईको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्