Logo

फ्रेन्च लिग वानमा पीएसजीको फराकिलो जित



Spread the love

२ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले नाइसमाथि उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो ।

पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १–१ गोल गरे । नाइसका इगनाटस गनागोले सान्त्वना गोल फर्काए ।

एन्जल डी मारियाले खेलको १५ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर बनाए । यता नाइसका लागि इग्नाटसले खेलको ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गर्ने संकेत देखाए । पीएसजीका लागि केलिएन एम्बाप्पेले खेलको ८८ औँ मिनेटमा गोल गर्दै ३–१ को अग्रता दिलाए । पीएसजीका लागि खेलको इन्जुरी समयमा गोल गर्दै ४–१ को जित दिलाए ।

जितसँगै पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित नाइस १३ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्