Logo

कक्षा १२ को नतिजा सार्वजनिक, ४२. ३३ प्रतिशत उतिर्ण



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३ उतिर्ण भएका छन् ।

नियमित तर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उतिर्ण भएका हुन् । उनका अनुसार ७७ जनाको परीक्षा रद्द भएको छ ।आंशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ जनाले परीक्षा दिएकोमा ३८ हजार ४ सय ४४ जना उतिर्ण भएका छन् ।

बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो । यसअघि बोर्डले विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ ।सार्वजनिक नतिजा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय, शिक्षा विभागसहित अन्य वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ।

शिक्षा मन्त्रालयको www.moe.gov.np,  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np  र नेपाल टेलिकमको www.neb.ntc.net.np  वेबसाइटमा नतिजा हेर्न सकिन्छ ।नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर तथा १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्