हरियो सिमी एक किसिमको तरकारी हो l जसलाई मानिसहरू खान रुचाउने गर्दछन् l सायदै होलान् जसलाई हरियो सिमी मन नपर्ने त? यसमा विभिन्न खालका भिटामिन, प्रोटिन, फाइबरको राम्रो स्रोत हुनका साथै प्रकृतिका रोग विरुद्ध लड्ने गुण युक्त पनि हुन्छ । भिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम हरियो सिमीमा पाइन्छ । यसको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक साबित हुन्छ l त्यसैले आज हामी चर्चा गर्नेछौँ l यसको सेवन गर्नुका फाइदाबारे l यसलाई तल उल्लेख गरिएको छ l
- हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल हुन्छ । क्लोरोफिलले शरीरमा क्यान्सर जन्य विषालु तìवलाई निस्तेज पार्छ । त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
- भिटामिन के को कमी भएको अवस्थामा हड्डी भाँचिने खतरा बढ्छ । त्यसैले सो खतराबाट बच्नका लागि हरियो सिमी खाने गर्नुपर्छ l जसकारण यस्तो अवस्थाबाट छुटकारा मिल्ने गर्छ l
- गर्भवती महिलालाई वनस्पति जन्य फलाम तत्त्व बढी मात्रामा आवश्यक पर्छ । जसका लागि उनीहरूले पालुङ्गो, सिमी, फर्सी, हरियो सिमी आदि खानुपर्छ । जसले गर्दा आमाका साथै शिशुको स्वास्थ्य पनि स्वस्थ रहन्छ l
- हरियो सिमीलगायतका वनस्पति जन्य खाद्यवस्तु बढी खाने गरेमा मोटोपना, मधुमेह मुटुको रोग आदि हुने सम्भावना कम हुन्छ । त्यस कारण यसको सेवन गर्नु फाइदाजनक हुन्छ l
- फोलेटको पर्याप्त मात्राले शरीरमा होमोसिस्टाइन प्रक्रियालाई अवरुद्ध गर्छ । होमोसिसइन प्रक्रियाले गर्दा मस्तिष्कमा रगत र पोषक तत्त्वहरूको आपूर्तिमा समस्या उत्पन्न हुन्छ । यदि यो प्रक्रिया बढेमा सेरोटोनिन, डोपामिन र नोरेपिनेफ्राइन हर्मोनको उत्पादन घटेर मानिसमा उदासी देखिन्छ । त्यस्तो अवस्थामा हरियो सिमी उपयुक्त मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्