Logo

राष्ट्रपति भण्डारीसँग म्यान्मारका सेना प्रमुखको भेट



Spread the love

३० असोज, काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्मारका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्मारका राजदूत भीमकृष्ण उदासलगायत थिए । राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्मारको राजकीय भ्रमणमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्