३० असोज, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले दीक्षान्तका लागि अनलाइन फारम भर्ने म्याद थप गरेको छ ।
भदौ २९ गते देखि कात्तिक २ गते सम्मका लागि तोकिएको अनलाइन फारम भर्ने म्याद कात्तिक ८ गते सम्मका लागि थपिएको विश्वविद्यालयले जनाएको छ ।
४५ औँ दीक्षान्तका लागि २०७५ जेठ १८ गतेदेखि २०७६ जेठ ३१ गते सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिलतह उत्तीर्ण गरी ट्रान्सकृप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि पुरा गरेका विद्यार्थी योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्