हामीलाई थाहा छ, अहिलेका आधुनिक युगका महिलाहरू स्वयंलाई आकर्षण देखाउनका लागि हाई हिलको प्रयोग गर्ने गर्छन् l
त्यस कारण अधिकांश जसो युवतीहरू यसको प्रयोग गर्न रुचाउने गर्छन् l सायदै होलान् जसलाई हाई हिलको प्रयोग गर्न रुचि लाग्दैन !
अहिलेको फेसनको दुनियाँमा यसले राम्रै भूमिका खेल्ने गर्छ । तर, ग्रीस देशको केही स्थानहरूमा भने हाई हिलको प्रयोग गर्नु प्रतिबन्ध छ ।
ग्रीसको ऐतिहासिक स्थानहरूमा हाई हिल लगाएर हिँड्न त्यहाँका महिलाहरूलाई निषेधित गरिएको छ ।
हाई हिलमा रहेको चुच्चो धारले ऐतिहासिक स्थानको ठाउँलाई बिगार्न सक्छन् भन्ने धारणा ग्रीस सरकारको रहेका कारण उक्त स्थानमा हाई हिल लगाएर हिँड्न निषेध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्