Logo

अमेरिकामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु



Spread the love

२८ असोज, काठमाडौं । अमेरिकाको ओहायो राज्यमा शनिबार राति भएको सडक दुर्घटनामा परी दुई नेपालीले ज्यान गुमाएको छ। ओहायो राज्यस्थित कोलम्बसमा कार दुर्घटनामा परी ४० वर्षीया कुमारी विश्वकर्मा र २४ वर्षीया अन्जु विश्वकर्माको मृत्यु भएको हो।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अपस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक कुमारीले चलाएको टोयोटा क्याम्री कारलाई औडी कार चलाएका व्यक्तिले ठक्कर दिएका थिए।

प्रतिक्रिया दिनुहोस्